भोजपुर– नेपाल प्रेस युनियन भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत सर्वसहमत चयन भएका छन् । युनियनको पाँचौं जिल्ला अधिवेशनबाट बस्नेत पुनः अध्यक्षमा दोहोरिएका हुन् । अध्यक्षमा बस्नेत सहित ९ सदस्य कार्य समिति सर्वसहमत चयन भएको छ ।
अध्यक्षमा बस्नेत सर्वसहमत हुँदा उपाध्यक्षमा गोकुल भुजेल, सरिता सुनुवार सचिवमा दिबस श्रेष्ठ, सहसचिवमा एलिना श्रेष्ठ, कोषाअध्यक्ष दिपेन्द्र लुइटेल चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यदहरुमा तारा तामाङ, सुस्मा राई, शर्मीला राई चयन भएका छन् । युनियनको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम स्थित भोजपुर नगरपालिकाको सभाहलमा आज १८ गते बिहिबार प्रदेश सांसद तथा नेपाली कांग्रेस जिल्ला सभापति विनोद वान्तवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।









