पाँचखपन, कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पाँचखपन नगरपालिकालाई थर्मोगन सहयोग उपलब्ध भएको छ । फुर्साङ कन्स्ट्रक्सनले नगरपालिकालाई एक थान थर्मोगन उपलब्ध गराएको हो । कन्स्ट्रक्सनका सञ्चालक रत्नमान तामाङले साढे १० हजार मूल्य बराबरको थर्मोगन उपलब्ध गराएका हुन् ।

त्यस्तै नेकपा पाँचखपन नगर कमिटी सचिवालय सदस्य भिमबहादुर तामाङ, दुर्गा निलम श्रेष्ठ र युवराज श्रेष्ठले पनि एक थान थर्मोगन नगर प्रमुख विपीन राईलाई हस्तान्त्रण गरेका छन् । शनिबार एक कार्यक्रमका बिच उनीहरुले थर्मोगन सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया