संखुवासभा, मकालु गाउँपालिका–३ मा भीरबाट लडेर एकको मृत्यु भएको छ । सोही वडाको एक्वा गाउँका ६२ वर्षीय घले शेर्पाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूजाको सामाग्री किन्न गएका शेर्पा घर फर्कने क्रममा आइतबार राति करिब ९ बजे महाभीरबाट लडेको प्रहरीले बताएको छ। उनी करिब ५० मिटर तल खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आइबार नै घरबाट निस्किएका शेर्पा घर नआएपछि आफन्तले खोजी गर्दा महाभीर तल मृत अवस्थामा सोमबार बिहान फेला पारेका हुन् ।

तपाईको प्रतिक्रिया