संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पहिलो मत परिणाम अनुसार नेकपाले अग्रता लिएको छ । सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले ५ सय ११ मत ल्याएर अग्रता कायम गरेका छन् । १ हजार १६ मत गणना हुदाँ नेकपाका पोख्रेलले १ सय १९ मतले अगाडी देखिएका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले ३ सय ९२ मत ल्याएका छन् ।
संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ६७ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय प्रजातन्त्र संयुक्तका मान बहादुर विश्वकर्माले ९ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका रमेश राईले १ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघनाथ राईले ४ मत प्राप्त गरेका छन् भने संघीय लोक तान्त्रिक मञ्चका कविता राईले ४ मत प्राप्त गरेका छन् । जसमध्ये २८ मत बदर भएको छ ।
मकालु गाउँपालिकामा आइतबार विहान ९ः१५ देखि मत गणना सुरु भएको हो । पहिलो चरणमा मकालुको वडा नम्बर–१ को ठागे र वडा नम्बर ३ ख केन्द्रको गणना सकिएको छ ।




