भोजपुर– जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्लावासीहरुलाई सतर्क रहन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै मनसुन अवधीभर जिल्लावासीहरुलाई सतर्क रहन अनुरोध गरेको छ ।

बर्षायाम सुरुभए संगै मनसुन सक्रिय भएकोले अविरल बर्षात भईरहेको कारण बाढी तथा पहिरोबाट जिल्लाको विभिन्न ठाउँमा विपतजन्य घट्नाहरु घट्न सक्ने सम्भावना भएकोले सतर्क रहन प्रशासनले अनुरोध गरेको छ ।

साथै कुनैपनि ठाउँमा विपतजन्य घट्ना घटेमा सम्बन्धित निकाय प्रहरी युनिट, स्थानीय तह, सुरक्षा निकाय, जिल्ला आपतकालिन सञ्चालन केन्द्रमा तत्काल जानकारी गराउन समेत प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया