संखुवासभा, संखुवासभाको मादीमा अज्ञात समूहले एक्साभेटरमा आगजनी गरेका छन् । आगलागीका कारण एक्साभेटर पूर्ण रुपमा क्षति भएको छ । बुधबार मध्यरात करीव सवा १२ बजे सगरमाथा कन्ट्रक्सन कम्पनीको ‘थ्री ट्वान्टी डी टू’ क्याट एक्साभेटरमा अज्ञात समूहले आगो लगाएको हो।
सगरमाथा कन्ट्रक्सन कम्पनी, काठमाडौंले बज्रगुरु ग्रुपलाई सडकको काम गर्न एक्साभेटर दिएको थियो ।
सगरमाथा कन्ट्रक्सन कम्पनीका सञ्चालक गोपाल श्रेष्ठले बुधबार मध्यराति करीव सवा १२ बजे क्याट कम्पनीको ‘थ्री ट्वान्टी डी टू’ एक्साभेटरमा अज्ञात समूहले आगो लगाएर पूर्ण रुपमा क्षति पुर्याएको जानकारी दिए । श्रेष्ठले एक्साभेटरमा कसले र किन आगो लगाएको हो आफूलाई कुनै जानकारी नरहेको बताए ।





