संखुवासभा, संखुवासभाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार राती मध्यान्ह १२ बजेतिर आगलागि भएको हो । आगजनीका कारण कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए।
आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनास्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरीका ५० र १५ जना ससस्त्र प्रहरी परिचालन गरिएको संखुवासभा प्रहरी प्रमुख डिएसपी मिम लामा बताए। आगजनीमा संलग्नहरुको खोजीकार्य भइरहेको छ।






