काठमाण्डौ, बलिवुडका सुपरस्टार शाहरुख खानले महाराष्ट्रमा कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको उपचार गरिरहेका स्वास्थ्यकर्मीकस लागि २५ हजार व्यक्तिगत सुरक्षा उपकरण पीपीई दिने भएका छन् ।
५४ वर्षीय सुपरस्टार खानले गएको महिना पनि कोरोना भाइरसविरुद्ध सघाउने कैयौँ घोषणा गरेका थिए । उनले विपन्नलाई खाना खुवाउनेदेखि कोरोनाका बिरामीलाई राख्न आफ्नो चार तले अफिस दिने घोषणा गरेका थिए ।
भारतमा कोरोनाको प्रकोप देखिएसँगै विभिन्न कलाकार सहयोग गर्न अघि सरेका छन् ।




