संखुवासभा, नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी र सभापोखरी गाउँपालिका १ र २ को सहकार्यका संचालित २ दिने आँखा तथा कान शिविर सम्पन्न भएको छ ।
सभापोखरी गाउँपालिका १ र २ को वडा कार्यालयमा सम्पन्न शिविरमा ८ वटा विद्यालयका ६ सय विद्यार्थीहरु र ३ सय ४० जना स्थानीयले सेवा लिएका छन् भने ३ सय जनालाई निशूल्क चश्मा र औषधी वितरण गरिएको छ । १५ जना बिरामीमा कानको जालीमा प्वाल परेको र १५ जनामा दृष्टिदोष भएका बिरामीको उपचार गरिएको छ । मोतियाविन्दुको बिरामीको मंसिर २६ गते खाँदबारीमा हुने शिविरमाल्याई अप्रेसन गरिनेछ । ५० वर्षभन्दा माथिकालाई पढ्न लेख्न सहजताको लागि ३ सय वटा चश्मा पनि वितरण गरिएको छ ।
तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी र सभापोखरी गाउँपालिका १ र २ को सहकार्यका शिविर सञ्चालन गरिएको थियो ।







