संखुवासभा, मकालु गाउँपालिकामा पर्ने पुखुवा खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव बुधबार भेटिएको छ । मकालु गाउँपालिका–६, घर भएकी २६ वर्षीया शुकमायाँ राईको शव बुधबार त्यसै स्थानका पुखुवा दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

गएको सोमबार साँझ ४ जना साथीहरु सहित आफन्तको घर गएर फर्कने क्रममा खोला तर्दा बाढीले शुकमायाँलाई बगाएको थियो । शुकमायाँ सिलिचोङ गाउँपालिका–५ र मकालु गाउँपालिका–६ को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको र दुई दिनपछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभा जनाएको छ ।

तपाईको प्रतिक्रिया