संखुवासभा, सभाखोलामा डुबेर एक जनाको ज्यान गएको छ । खाँदवारी नगरपालीका वडा नम्वर १ घिमिरे टोल बस्ने रिषिकेश निरौलाको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । ४५ वर्षिय निरौला पौडी देल्ने क्रममा डुबेर ज्यान गएको हो । निरौला शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय योजना तथा अनुगमन शाखाका शाखा अधिकृत हुन् ।

पौडी खेल्ने क्रममा डुबेका निरौलालाई साथीहरुले खोलाबाट बाहिर निकाली उपचारको लागी तुम्लिङटार स्थित मनकामना अस्पतालमा पर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी ल्याईएको छ ।

तपाईको प्रतिक्रिया