भोजपुर– नागरिकको अनुपस्थितिमा जनप्रतिनिधि र कर्मचारीहरुको बिचमा सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । भोजपुरको षडानन्द नगरपालिकाको आयोजनामा आईतबार भएको सार्वजानिक सुनुवाईमा नागरिकहरुको उपस्थिति विरलै थियो ।

षडानन्द नगरपालिकाको आयोजना तथा के.एस. मेडिया प्रा.लि. नेपालकोको संयोजनमा भएको सार्वजानिक सुनुवाईमा जनप्रतिनिधि र कर्मचारीहरुको मात्रै उपस्थिति देखियो । सार्वजानिक सुनुवाई कार्यविधि २०६७ अनुसार कार्यविधिको परिच्छेद ३ को बुँदा नं.३.४.१ अनुसुची ३ बमोजिम कार्यालयको सेवा, सुविधा वा वस्तु प्राप्त गरेका नागरिकहरु मध्येबाट बढीमा ५० जना नागरिकको बहिर्गमन अभिमत भर्न लगाई सुचना संकलन गर्नु पर्ने छ । त्यसरी अभिमत राखेका नागरिकहरुलाई बुँदा नं. ३.५ अनुसार सार्वजानिक सुनुवाईमा भाग लिन आमन्त्रण गर्नु पर्ने व्यवस्था छ ।

तर त्यसरी अभिमत दिएका नागरिक सार्वजानिक सुनुवाई कार्यक्रममा उपस्थित थिएनन् । नागरिकहरु त थिए तर ७ देखि १० जना अन्य सबै जनप्रतिनिधि र कर्मचारीहरु थिए । परिच्छेद ४ को बुँदा नं. ४.५ मा लेखिएको छ सार्वजानिक सुनुवाईमा आमन्त्रण गर्नु पर्ने नागरिक, पत्रकार, संघ संस्था, सरोकारवाला र सेवाग्रही साथै नागरिकमञ्चका महिला प्रतिनिधिहरु अनिवार्य भनिएको छ । तर षडानन्द नगरपालिकाको सार्वजानिक सुनुवाईमा त्यसरी आमन्त्रण गरेको र उपस्थित भएको कोहि पाइएन ।

कार्यविधिमा लेखिएको छ सुचना गर्नुपर्ने र समय, स्थान र मिति उल्लेख हुनुपर्ने तर षडानन्द नगरपालिकाको सार्वजानिक सुनुवाईको सुचनामा सार्वजानिक सुनुवाई हुने स्थलको स्पष्ट ठेगाना लेखिएको थिएन । यसरी सार्वजानिक सुनुवाई गर्दा नगरपालिकाको पारदर्शिता माथि शंका उत्पन्न हुने स्थानीय हरि भित्रिकोटीले बताए । स्पष्ट रुपमा सार्वजानिक सुनुवाई हुने सुचना नपाएको नगरवासीहरुको गुनासे छ ।

अर्काे पटकदेखी नगरपालिकाले गर्ने नागरिक तथा सरोकारवालाहरु संग सम्बन्धित कार्यक्रम गर्दा यस्तो नहुने नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताए ।

 

तपाईको प्रतिक्रिया