संखुवासभा, संखुवासभाका ४९ जना प्रहरी कर्मचारी सम्मानित भएका छन् । ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रहरी कर्मचारीलाई सम्मान गरेको हो । दिवसको अवसरमा जिल्लाको शान्ति सुरक्षाको क्षेत्रमा सहयोग पुर्याउने प्रहरी र सुचनाको क्षेत्रमा सहयोग पुर्याउने संघ संस्था लगायतलाई शुक्रबार सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सम्मान गरेको छ ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ४९ जना प्रहरी, नेपाल पत्रकार महासंघ, जिल्लाका सात वटै रेडीयो, लगायत जग्गा दाता र शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रहरी कर्मचारीका सन्ततिलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल र प्रहरी नायव उपरिक्षक मिमबहादुर लामाले प्रमाणपत्रले सम्मान गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया