भोजपुर- भोजपुरको रामप्रसाद राई गाउपालिका २ कटुन्जेका नइन्द्र विश्वकर्मालाई भोजपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत विश्वकर्मालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहलमा आज आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो।
सभापति तामाङका अनुसार विद्यार्थीहरूबाट संकलित १६ हजार ५ सय २० रुपैयाँ रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो। फोक्सोमा गम्भीर संक्रमण देखिएपछि नइन्द्र विश्वकर्मा हाल धरानस्थित घोपा क्याम्पमा उपचाररत रहनुभएको छ।
उहाँले विश्वकर्माको उपचारका लागि अझै आर्थिक सहयोग आवश्यक रहेकाले सबैमा सहयोगको अपिल समेत गर्नुभएको छ।









