दिङ्ला/ खुल्ला अन्तरपालिका स्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको उपाधी आम्चोक गाउँपालिकाले हात पारेका छन् । चिचिला गाउँ खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको बेस्टअफ फाइभको फाईनल खेलमा साल्पासिलिछो गाउँपालिकालाई ३/१ सेटले हराउदै उपाधी हात पारको हो ।
आम्चोक गाउँपालिकाले पहिलो सेट आफ्नो पोल्टामा पारेपनि दोस्रो सेट साल्पासिलिछो गाउँपालिकालेले जितेका थिए । लगातार तेस्रो र चौथो २ सेट हराउँदै उपाधी हात पार्न सफल भएका हुन् । चैत्र २६ गतेदेखि चिचिला गाउँपालिका वडा नं. ४ मत्स्यपोखरीमा आयोजना भएको प्रतियोगिता आज बैशाख १ गते सम्पन्न भएको छ ।
प्रतियोगितामा सभापोखरी गाउँपालिका र पाँचखपन नगरपालिका सेमिफाईनलिष्ट भएका छन् भने प्रतियोगितामा ७ टिमको सहभागीता रहेको थियो ।









