संखुवासभा, तुम्लिङ्गटार विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजले परिक्षण उडान गरेको छ । वि.सं. २०६८ सालपछी नियमित उडान रोकेको निगमले शुक्रबार पुन नियमित उडानको लागि परिक्षण गरेको हो ।

तुम्लिङ्गटार विमानस्थल कालोपत्रे नहुनु र जहाज अभावका कारण निगमले उडान रोकेको थियो । यसअघि नै सिता र गोमा एयरलाइन्सको सेवा विविध कारणले रोकिएको छ ।

निगमले यात्रुहरुको समस्यालाई ध्यानमा राखी चाँडै नियमित उडान भर्ने तुम्लिङ्गटार विमानस्थलको कार्यालयले जनाएको छ । पछिल्लो समय तुम्लिङ्गटार विमानस्थलमा यति र बुद्ध एयरलाइन्सले सेवा दिइरहेको छ ।

एयरलाइन्सलाई महंगो भाडादर तिर्नु परिरहेका यात्रु भने निगमको परिक्षण उडानपछी खुशी भएका छन् ।

वि.सं. २०३२ सालमा सुरु गरिएको संखुवासभाको एक मात्र तुम्लिङ्गटार विमानस्थलमा निगमले सबै भन्दा पहिले सेवा सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया