मादी, मादी नगरपालिका ४ मा एक जना महिला बलात्कृत भएकी छिन् । आइतबार बिहान करिब ९ बजे ३५ वर्षिय महिला बलात्कृत भएको हो । भारतीय नागरिक सफिकुल मियाँले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

भारत माल्द जिल्ला नमुनियाका ३९ वर्षका मियाँले घर नजिकै बाटोमा हिाडिरहेको अवस्थामा महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उनी ८ वर्ष अघि देखि कवाडी सामान खरिदका क्रममा मादी आउने जाने गरेका थिए । पिडित महिलाको मानसिक सन्तुलन समेत ठिक नभएको बताइएको छ ।

स्थानीयले बलात्कार गरिरहेको देखेपछी रंगेहात पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको थियो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया