संखुवासभा, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ आइतबारबाट शुरु भएको चौथो पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिताको पहिलो खेलमा पांमा सोसाइटीले जित हासिल गरेको छ । पहिलो खेलमा पांमा सोसाइटी र एकता परिवार बिच भएको पहिलो खेलमा बराबर भएपछि अन्तिममा टाइबे्रकरमा ५–३ले पांमाले जितेको हो । दुबै टिमबाट ५/५ जनाले टाइब्रेकर हान्दा एकता परिवारका दुई जना खेलाडीले गोल गर्न नसक्दा पराजित भएको हो । खेलमा दुबै टिम उतिकै सशक्त रुपमा मैदानमा उत्रिएका थिए ।

जिल्लाको खाँदबारी नगरपालिका–४ पाङ्माको भगिवन्त रंगशालामा किराँतहरुको महान चाड उधौली पर्वको अवसरमा शुरु भएको हो । उक्त प्रतियोगितामा सुनसरी र मोरङ्ग सहितका १३ टिमको सहभागीता रहेको छ ।

आज एक भब्य समारोह बिच प्रमुख अतिथी प्रदेश साँसद पूर्णकुमार राईले प्रतियोगिताको उदघाटन गरेका हुन् । उद्घाटन समारोहमा पूर्वसाँसद टंकप्रसाद राई, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, नेकपा अध्यक्ष हेमराज घिमिरे, काँग्रेसका कोषाध्यक्ष छत्रमणी काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताका विजेताले एक लाख १५ हजार, उपविजेता ५५ हजार र सान्त्वनालाई १५÷१५ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त पर्नेछन् । त्यसैगरि प्रतियोगिताको सर्बोकृष्ट खेलाडी एक जनालाई ५ हजार नगद र ट्रफी, उत्कृष्ट गोलरक्षक एक जनालाई दुई हजार ५ सय रुपैया नगद र ट्रफी र सर्वाधिक गोलकर्ता एक जनालाई नगद दुई हजार ५ सय रुपैया र ट्रफी दिइने छ । भने उक्त प्रतियोगिता आगामी २७ गते संचालन हुने प्रतियोगिताका संयोजक जेबिन राईले बताए । उक्त प्रतियोगिता लोहोरुङ क्लबले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया