मादी, मावादिन युवा विकास केन्द्रको आयोजनामा मादी नगरपालिका ८ मावादिनमा मेला तथा खेलकुद आयोजना सम्पन्न भएको छ । मंसिर २३, २४ र २५ गते सञ्चालन भएको आयोजनामा फुटवल, व्याडमिण्टन र लोक नृत्यको आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा योङ्स्पोर्टिङ क्लव मुलखर्क प्रथम, मिल्के जनउत्थान मञ्च दोस्रो र मकालु युवा क्लव तेस्रो भएका छन्। विजेताले क्रमश पचास हजार, तीस हजार र पन्ध्र हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै व्याडमिण्टन तर्फ पृथिमान राई र शक्ति श्रेष्ठ प्रथम यादव चन्द्र खड्का र पृथक पाठक दोस्रो र मौसम खड्का र वसन्त ओझा तेस्रो भएका छन् । उनीहरुलाई क्रमश दस हजार, पाँच हजार र दुई हजार पाँचसय नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।