काठमाण्डौ, शहीद स्मारक ए डिभिजन लिगमा सोमबार दुई खेल हुँदैछन । जसमा दुवै खेलमा ठूला क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन् । अर्को खेलमा थ्रीस्टार र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् ।
सोमबार हुने लिगका दुवै खेल दशरथ रंगशालामा हुनेछन् । मनाङ र आर्मीबीचको खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । लिगको पहिलो खेलमा मनाङले एपीएफलाई दुई(शून्यले हराएको थियो । यता आर्मीले फ्रेन्ड्स क्लबलाई दुई(एकले पराजित गरेको थियो । दुई उपाधिका दाबेदार क्लबबीचको खेलमा दुवै टिमको लक्ष्य जित नै रहेको छ ।
यसपटक राष्ट्रिय खेलाडीबिना नै लिगमा उत्रिएको मनाङले पहिलो खेलमा दुई(शून्यको जित निकाले पनि सोचेको जस्तो खेल्न सकेको थिएन । यता आर्मीले मनाङसँग अंक लिने लक्ष्यमा छ ।
यस्तै रंगशालामा नै दिउँसो ३ बजे हुने पुलिस र थ्रीस्टारबीचको खेलमा दुवै टिमको लक्ष्य जित हुनेछ । दुवै टिम पहिलो जितेको खोजीमा हुनेछन् । यसअघि पहिलो चरणमा दुवै टिमले बराबरी खेलेका थिए ।
थ्रीस्टार जाउलाखेलसँग गोलरहित बराबरी खेलेको थियो भने नेपाल पुलिस क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकेको थियो । यसपटक पुलिसको टिममा खासै स्टार खेलाडी रहेका छैनन् । जसका फाइदा थ्रीस्टार लिने लक्ष्यमा हुनेछन् ।