सभापोखरी गाउँपालिकाले ७ लाख रूपैया बजेट खर्च गरेको ‘सभापोखरी बृत्तचित्र’ ३ बर्ष बित्दासम्म सार्वजनिक हुन सकेन । बृत्तचित्र निर्माणको नाममा स्थानीय सरकारले लाखौं रूपैया दुरुपयोग गरेको खुलासा भएको छ । आ।ब। ०७३्७४ मै ‘सभापोखरी बृत्तचित्र’ निर्माणको बजेट फरफारक भईसकेको छ तर बृत्तचित्र कस्तो बन्यो भन्ने बिषयमा आजसम्म कसैले जानकारी पाउँन सकेका छैनन् ।
भिजिट नेपाल २०२० को अवसरमा धार्मिक एवम् पर्यटकीय क्षेत्र सभापोखरीमा हालसम्म गरिएका पर्यटन प्रवद्र्धनका प्रयास र आगामी कार्ययोजनाहरु वारे पत्रकारले राखेको जिज्ञासामा पालिकाले सभापोखरीको नाम बेच्दै लाखौं रूपैया हिनामिना गरेको खुलासा भएको हो । पालिकाकी उपाध्यक्ष सिता दाहालले भनिन्, “सभापोखरी बृत्तचित्र निर्माणका बिषयमा मेरो कुनै सम्लग्नता छैन, रकम कसरी फरफारक गरियो र बृत्तचित्र कहाँ छ, अध्यक्षले जवाफ दिनुपर्छ ।” पालिकाका अध्यक्ष रत्न सुब्बाले भने, “काम गरिएको हो, भिडियो काम लाग्ने भएन र सार्वजनिक गरिएन ।”
स्थानीय सरकारका प्रमुखले गैर जिम्मेवार शब्द बोल्ने र सोही अनुसारको व्यवहार गर्ने आरोप एकपछि अर्को थप हुँदै गएको छ । सभापोखरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको नाम बेचेर लाखौं रूपैया रकम हिनामिना गरेको सभापोखरी गाउँपालिका कार्यालयले पालिकाको सरकारी गाडीमा कुखुराको चल्ला बोकेर भाडा असुली गरिरहेको समेत खुलासा भएको छ ।
source : purbeliheadlines.com