मादी, मादी नगरपालिकाले नगर भित्रका कृषकहरुको माटो परीक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । पुस १६ गतेदेखि सुरु गरेको शिविर तीन दिनसम्म सञ्चालन गरिएको थियो । सिविरमा नगरका ९ वटै वडाका ६ सय ८ जना कृषकहरुले माटोको नमुना परीक्षण गराएका थिए ।
सिविरमा माटो परिक्षणका लागि झुम्का ईनरुवा कृषि अनुसन्धान केन्द्रका प्राविधिक टोलीहरु नाथु प्रसाद चौधरी, राजेन्द्र प्रसाद यादव, महेस साप्कोटा, सन्तोष कट्टेल, तिर्थमाया राई, पर्शुराम कार्की लगायत रहेका थिए ।
मादी नगर कृषि शाखाका रेन्जि शेर्पा, कृषि सहजकर्ता निराजन दाहाल र शान्ता खनालले सिविरमा सहजीकरण गरेका थिए । नगर कार्यपालिकाको आव २०७६/०७७ मा विनियोजित कार्यक्रम अन्तरगत सिविर आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया