पाँचखपन, पाँचखपन नगरपालिका वडा नं. २ मा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । वडामा २ हजार ४ सय ३१ थान मास्क वितरण गरिएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । यस्तै वडा बासीका लागि ३ सय ९८ ओटा साबुन वितरण गरिएको छ ।

वडा समिति र कोरोना विपत व्यवस्थापन समिति वडा नं। २ ले मास्क तथा साबुन वितरण गरेको दाहालले बताए । स्थानीय युवा ओम बहादुर श्रेष्ठले पाँच सय थान मास्क वडालाई उपलब्ध गराएका छन् । वडा समितिका लागि दुई सय थान तथा स्याबुन स्वास्थ्य चौकीका लागि श्रेष्ठले तीन सय थान मास्क उपलब्ध गराएका हुन् ।

यस्तै लक डाउनका कारण प्रत्यक्ष समस्यामा परेका र दैनिक ज्याला मजदुरी गरिरहेकाहरुलाई राहत उपलब्ध गराउन विपत व्यवस्थापन समिति गठन गरिएको दाहालले जानकारी दिए । समितिले छनौंट गरेकाहरुलाई राहत सामाग्री वितरण गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया