लन्डन, इङ्ल्यान्डलाई क्रिकेट खेलको जननी मानिन्छ। हाल विश्वभरका खेलकुदप्रेमीको मनोरञ्जनको माध्यम बनेको क्रिकेट खेलको विकास इङ्ल्यान्डबाटै भएको हो। तर, एकदिवसीय विश्वकपको ११औं संस्करणसम्म इङ्ल्यान्डलाई क्रिकेटमा अभागी राष्ट्रको रूपमा हेरिन्थ्यो।
चारपटक आफ्नै राष्ट्रमा एकदिवसीय विश्वकप आयोजना गरेर पनि इङ्ल्यान्डले उपाधि भने चुम्न सकेको थिएन। तर, सन् २०१९ मा पाँचौं पटक इङ्ल्यान्डले एकदिवसीय विश्वकप आयोजनाको अवसर पायो। १२औं संस्करमा आएर अन्ततस्इङ्ल्यान्डले आफूमाथि लागेको अभागी राष्ट्रको ट्याग हटाउने अवसर पायो, विश्वकपको उपाधि उचालेर।
इङ्ल्यान्डले सन् २०१९ मा पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जित्दा टोलीका प्रभावशाली सदस्य थिए, २५ वर्षीय बलर जोफरा आर्चर। इङ्ल्यान्डलाई विश्वकप दिलाउन उनले महत्वपूर्ण योगदान गरेको थियो। विश्वकप जितेपछि टोलीले ट्रफी र नगद पुरस्कार पायो भने प्रत्येक खेलाडीले छुट्टाछुट्टै मेडल (पदक) पनि हात पारे।
इतिहासमै पहिलो पटक इङ्ल्यान्डलाई विश्वकप जिताएबापत पाएको उक्त मेडलको महत्व सबै खेलाडीका लागि विशेष थियो। त्यसैले आर्चरले पनि केही समय त्यो मेडललाई सम्हालेर राखे। तर, केही समयपछि उनले आफू बसेको स्थानबाट अन्यत्र घर सर्नुपर्ने अवस्था सिर्जना भयो।
घर सर्ने क्रममा त्यो मेडलतर्फ उनको ध्यान नै गएन। नयाँ घरमा सरेको केही समयपछि उनले त्यो मेडलको बारेमा सम्झिए। तर, धुइँधुइँती खोज्दा पनि त्यो मेडल फेला परेन। घरका सदस्यहरूलाई पनि उनले मेडलको बारेमा पटकपटक सोधे। तर, सबैतिरबाट निराशा मात्र हात लाग्यो। उनी निकै दुःखी भए।
इङल्यान्डमा एउटा पुरानो भनाइ प्रचलमा छ, तिम्रो हराएको वस्तु त्यही ठाउँमा भेटिन्छ जहाँ अन्तिम पटक तिम्रो आँखा पुग्छ। अन्नतस्आर्चरका लागि पनि त्यही उखान चरितार्थ भयो। तर, यसका लागि कोरोना भाइरसको संक्रमणका कारण लगाइएको लकडाउन पनि उनका लागि सहयोगी बन्यो।
लकडाउन का कारण लामो समय घरमै बस्नु परेपछि उनले आफ्नो हराएको मेडल खोज्ने योजना बनाए। अन्ततस्उनले त्यो हराएको मेडल आफ्नो बैठक कोठमा थुपारिएको सामानमा भेट्टाए। आफ्नो मेडल हराएको कुरा उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेपछि उनका लाखौं समर्थक पनि निराश भएका थिए।
त्यसैले मेडल भेट्टिए लगत्तै उनले मेडलसहित तस्बिर सेल्फी लिए र त्यो तस्बिर ट्विटरमा पोस्ट गर्दै आफूले हराएको सम्पत्ति भेट्टाएको जानकारी दिँदै समर्थकसँग खुसीयाली बाँडे। त्यो मेडल हराएपछि म धेरै रात राम्ररी निदाउन पनि सकिनँ। राति पनि मेडल मेडल नै खोज्थेुं, आर्चरले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्, अन्ततस्मैले आफ्नो हराएको सम्पत्ति भेट्टाएँ।