संखुवासभा, संखुवासभामा थप चार जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । खाँदाबारी नगरपालिकाको क्वारेन्टाईनमा रहेका बर्ष २४ का एक पुरुष र जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाईनमा रहेका बर्ष २६, २७ र ३२ को ३ पुरुष गरी जम्मा ४ जनामा कोरोना भाईरस संक्रमण पुटि भएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

भाद्र १० गते धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र खाँदबारी स्थित आईशुलेसन वार्डमा सार्ने तयारी भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल सम्म संखुवासभामा १३ जनामा संक्रमण पुष्टि भएको थियो जसमध्ये ५ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया