भोजपुर– नेवारी संंस्कार संस्कृतिको संरक्षणमा प्रदेश नं. १ का मुख्यमन्त्री जुटेका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आफनै क्षेत्रमा पुगेर लाखेमा सहभागी भएका छन । मुख्यमन्त्री राईले गाउँमा पुगेर लाखेको ढोल बजाउँन थाले पछि स्थानीय झन उत्साहित भएका थिए । मुख्यमन्त्री राईलाई षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले साथ दिएका छन ।

संस्कार, संस्कृति, भाषा, धर्म र रितिरिवाजको जगेर्ना गर्ने कार्यमा मुख्यमन्त्री राईले पनि ऐक्यबद्धता जनाएका हुन । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ घर भएका मुख्यमन्त्री राई सोही ठाउँको देउरालीमा लाखे जात्राको अन्तिम दिन सहभागी भएका हुन् ।

मुख्यमन्त्री र मेयर नै सहभागी भएकोले स्थानीयहरु अझ उत्साहित भएका छन् । यत मेयर सुरेन्द्र उदासले भने श्रीकृष्ण जन्मअष्टमीको साँझ दिङ्ला बजारमा लाखे नाच आफै नाचेका थिए ।

तपाईको प्रतिक्रिया