भोजपुर– जिल्ला खेलकुद विकास समिति भोजपुरद्धारा खेलाडीहरु सम्मानित भएका छन् । जिल्ला खेलकुद विकास समितिले केहि समय अगाडी सम्पन्न नऔं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता तथा सहभागी भएका खेलाडीहरुलाई सम्मान साथै पुरस्कृत गरेको छ ।
जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा आइ.टि.एफका गोल्ड मेडलिष्ट वीर बहादुर तामाङ, रजत पदक विजेता सजिना तामाङ र कास्य पदक विजेता सदिप तामाङ, दिलन राई र सहभागी रोमिला राई थिए ।
साथै वुद्धिचाल तर्फका संगिना प्रदान, बक्सिङ प्रशान्त दाहाल व्याडमिन्टनका विशाल तामाङ सम्मान–पत्र र नगद सहित सम्मानित भएको हो । जिल्ला खेलकुद विकास समितिले गरेको सम्मान कार्यक्रमले खेलाडीहरु प्रोत्साहन हुने छ । साथै खेलकुद क्षेत्रप्रतिको माया खेलाडीमा बढोस भन्ने उदेश्यका साथ सम्मान कार्यक्रम गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले बताए ।
सम्मानित हुने खेलाडीहरुलाई खादा तथा सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले प्रदान गरेका थिए ।