भोजपुर– नेपाल तामाङ घेदुङ संखुवासभाको अध्यक्षमा काजी तामाङ सर्वसहमत निर्वाचित भएका छन् । संखुवासभाको चैनपुर नगरपालिका ४ स्वयम्वु सामाजीक संस्थाको हलमा भएको सातौं अधिवेशनबाट तामाङ सर्वसहमत निर्वाचित भएका हुन् ।

अध्यक्ष काजी तामाङ सहित २१ सदस्यीय समिति चयन भएका छन् । अध्यक्षमा काजी तामाङ निर्वाचित हुँदा उपाध्यक्षमा पदम ब.तामाङ, महिला उपाध्यक्षमा आसु तामाङ, सचिवमा राजेश तामाङ, कोषाध्यक्षमा झलकमान तामाङ र उप–सचिवमा स्वागत तामाङ निर्वाचित भएका छन् ।

घेदुङका पुर्व अध्यक्ष गणेश तामाङको अध्यक्षमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य धन बहादुर तामाङको प्रमुख अतिथ्य साथै नेपाल तामाङ घेदुङका प्रदेश नं. १ का अध्यक्ष रेख बहादुर घिसिङको विशिष्ट आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया