भोजपुर– जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी नरेन्द्र सन्तोषको जोडीले हात पारेका छन् । जिल्ला व्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रयोजनमा भएको प्रतियोगितामा तामाङ जोडीले उपाधी हात पारेका हुन् ।
मेयर कप व्याडमिनट प्रतियोगितामा तामाङ जोडीले उपाधी हात पार्दै १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । तामाङ जोडी प्रथम हुँदा बुद्ध राई र युनिष राईको जोडी द्धितीय स्थान हासिल गर्र्दै नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
मुमिहाङ राई जोडी सुदेन राई र रोशन सुवेदी जोडी मनोज मगर सेमिफाईनलिष्ट भएका छन । सेमिफाईनलिष्ट हुने दुबै टिमले नगद रु ५÷५ हजार साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । प्रतियोगिता संघको आयोजनामा जिल्ला अवस्थित व्याडमिन्टन कर्वडहलमा जेष्ठ ११ गतेदेखि १३ गते शनिबार (आज) सम्पन्न भएको हो ।