भोजपुर– दिङ्ला–तिन्तले, तिन्तले–भोजपुर सडक कालोपत्रे योजनाको स्रोत सहमती खारेज गर्ने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । अगिल्लो सरकारले दिङ्ला भोजपुर सडकलाई कालोपत्रे गर्ने योजनाको झन्डै दुई अरब बजेटको स्रोत सुनिश्चित गरि जिल्ला पुर्वधार भोजपुरद्धारा ठेक्का आह्वान गरि ठेक्का कुन कम्पनीले पायो भन्ने निर्णयमा पुगेपछि प्रदेश सरकारले स्थगितगर्न पत्राचार गरेको थियो ।

२०८० बैशाख १८ गतेको निर्णयले स्रोत सहमती अर्काे निर्णय नभएसम्मको लागि स्तगित गर्ने पत्राचार भएको थियो । तर २०८० जेष्ठ ३१ को मुख्यमन्त्री, आर्थिक मन्त्री तथा योजना मन्त्री स्तरीय निर्णयले उक्त योजनाहरुको स्रोत सहमती खारेज गर्न पत्रचार गरेको छ । यस कार्यले भोजपुरमा आधा दर्जन ठुला बजेटको योजनाहरु प्रभावित हुँदा जिल्लावासी सर्वसाधरण मर्कामा पर्नेछन् ।

यस योजनाले भोजपुरको उत्तरी क्षेत्रवासी सर्वसाधरणहरु मर्कामा पर्ने देखिन्छ । यता कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र राई लेख्छन् बोल्ने भए सबै बोलौं चुप लाग्ने भए सबै चुप लागौं म पनि चुप लाग्छु । यो योजना मेरो कार्यकालमा निर्क हतार र दुख गरेर निर्माण गरेका थियौं अहिलेको सरकारले उक्त योजना रोक्ने निर्णय गर्दा यसको विरुद्ध सबै लाग्नु पर्ने उनको भनाई छ ।

तपाईहरु जानुस लाग्नुस मुद्दा लगाउनुहोस तपाईहरु जानुहुन्न भने म आफै जान्छु म एक्लै लाग्छु तर गाली खाएर एक्लैले सामुहिक काम गर्न सकिन्न । यस्तो परिस्थितिमा यस योजनाले लाभान्वित हुनेहरु बोल्नु पर्न पुर्व मुख्यमन्त्री राजेन्द्र राईको भनाई छ ।

सरकारले बजेट बडाएर दिनुपर्ने बेलामा अगिल्लो सरकारले सुनिश्चि गरेको योजना खारेज गरिनुमा धेरै ठुलो चलखेल छ । प्रदेश सरकार छ भन्ने अनुभुति गर्न पाइएन यो योजना खारेज गर्दा गरिब दुखीः जनता भोजपुरवासी, विशेष गरि साल्पासिलिछो वासी र षडानन्द नगरवासीहरु माथी निराशा छाएको छ । प्रदेश सरकारको यो निर्णय प्रति जनताहरु आन्दोलनमा उत्रन सक्नेछन् यो कार्यले भोजपुरवासी जनतालाई ठुलो अन्याय भएको नेकपा एकीकृत समाजवादीका नेता हरि भित्रिकोटीले बताए ।

अगिल्लो सरकारले ल्याएको राम्रो योजनाको बजेट कटौती गर्ने प्रर्वितिले देशको विकास हुँदैन । यस्ता खालका काम गर्ने सरकारले जनताको भावना अनुसार काम गर्न सक्दैन त्यसैले सरकारको कुनैपनि अस्तित्व नरहेको नेपाली कांग्रेस षडानन्द नगर सचिव ज्ञानेन्द्र राईको भनाई छ ।

अन्तिम समयमा ठेक्का खोलिएको योजना स्थगन हुँदा हामी साल्पा सिलिछोवासी र षडानन्द नगरवासीको लागि यो अत्यन्तै दुखःद कुरा हो । हामि प्रदेस सरकार समक्ष यस विषयमा कुरा राख्दा बजेटले धान्न नसक्ने भएको यो योजना स्थगन गरिएको भन्ने जवाफ पाएका छौं तर हामिलाई यो योजना रोकिदा अन्यन्तै अप्ठ्यारो परेको छ । यो सडक निश्चित बन्छ भन्ने थियो तर स्थगित गरिएको सम्म थाहा थियो खारेज भएको जानकारी भएन यो बजेट यो योजना साल्पावासी र षडानन्दवासीहरुको लाईफ लाईन हो त्यसैले संघ सरकारले वा प्रदेश सरकारले जसरी भएपनि यो योजना सम्पन्न गर्नु पर्छ पालिकाको बजेटले सम्पन्न हुने योजना भए हामी पालिको बजेटले योजना सम्पन्न गर्न तयार थियौं । यसरी परेको योजना कटौती हुँदै कसरी हुन्छ यस योजनालाई निरन्तरता दिन पालिकाको तर्फबाट सक्दो पहल हुने षडानन्द नगरपालिकाका नगरप्रमुख सुरेन्द्र उदासले बताए ।

तपाईको प्रतिक्रिया