भोजपुर– भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको संयोजनमा दुई दिने प्रतियोगिता बुधबार २० गते षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राइले उद्घाटन गरेकी छिन् । प्रतियोगितामा ईलाम, पाँचथर, मोरङ, झापा, सुनसरी र भोजपुर जिल्लाका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् ।

आई.टि. एफ खेल भोजपुरको दिङ्ला बजारमा हुनु अत्यन्तै महत्वपुर्ण रहेको छ । यस खेललाई विकास गर्न जिल्लामा अझ मजबुद बनाउन षडानन्द नगरपालिका लागि रहने छ । यस प्रतियोगिताले खेलको विकास त गर्छ नै विद्यार्थीहरुलाई, युवा पुस्ताका युवा युवतीहरुलाई सकरात्मक बाटोमा र आत्मा रक्षाको लागि महत्वपुर्ण रहेको छ । यस खेल विकासको लागि आवश्यक खेल सामग्री खरिद गर्न नगरपालिकाले बजेट विनियोजन गरेको षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राईले बताईन् ।

आई.टि.एफ खेलको विकासमा लामो सयमदेखि नै संर्घषरत छु यस खेललाई अझ गर्विलो र दरिलो बनाउन बनाउन कुनैपनि अवस्थामा लागिरहेको छु । खेलको संस्थागत विकास संगै खेलाडीहरुको भविष्यलाई सहज बनाउन सबै सरोकारवाला निकाय र ३ वटै तहको सरकारले ध्यान दिनु पर्ने नेपाल ईन्टरनेश्नल तेक्वान्दो संघ तदर्थ समितिका अध्यक्ष प्रविन कुमार कार्कीले बताए ।

खेललाई सबै भन्दा महत्वपुर्ण रुपमा हेरिनु पर्छ तर अहिले देशको अवस्थानै जटिल छ तर कुनै दिन खेलाडीहरुले मेरो भविष्य के हुने हो भन्ने दिन हराउछ । खेलाडीले सहजै आफ्नो भविष्य खेल क्षेत्रबाट सुनिश्चित गर्न सकने दिनको आगमन हुने पुर्व मुख्यमन्त्री तथा वर्तमान प्रदेश सांसद राजेन्द्र राईको स्वकीय सचिव सन्दिप राईले बताए ।

प्रतियोगितामा भोजपुर जिल्ला सहित ६ जिल्लाबाट खेलाडीहरु सहभागी रहेका छन् । दुई दिने प्रतियोगितामा एकल प्याटन उद्घाटन पश्चात सकिएको छ भने । स्पाईरिङ तर्फ महिला÷पुरुषतर्फ प्रतिस्पर्धा भईरहेको छ प्रतियोगिता २१ गते विहिबार समापन हुने छ ।

तपाईको प्रतिक्रिया