“आँट” भन्ने शब्द जहाँ र जहिलेबाट सुरु हुन्छ त्यहाँबाट प्रगतिको बाटाहरु निर्माण हुने गर्दछ । जो कोहिले आँट भन्ने शब्लाई सहजै उच्चारण समेत गर्न सक्दैनन् र त्यहि शब्द “आँट”ले सन्सारमा मानिसले इतिहास रचेका छन् ।

त्यहि आँट लिएर पश्चिम रोल्पाकी २२ बर्षिय ललिता र दाङकी २३ बर्षिय सुजता पुर्वको षडानन्द नगरपालिकामा उद्यम विकास सहजकर्ताको रुपमा कार्यरत छिन् । २०५८ सालमा रोल्पा जिल्लाको गंगादेबी गाउँपालिका वडा नं. ५ महानेता गाउँमा बुवा झुपलाल खत्री र आमा सीता खत्रीको कोखबाट जन्मिएकी ललिता कुमारी केसी र दाङ जिल्ला तुल्सिपुर उपमहानगरपालिका १८ बिजौरीमा २०५७ सालमा बुवा वीर बहादुर पुन र आमा निर्माली पुनको कोखबाट जन्मिएकी सुजता पुन पुर्वी नेपालको भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा उद्यम विकास सहजकर्ताको रुपमा कार्यरत रहेका छन् ।

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय मार्फत सञ्चालि “मेड्पा” कार्यक्रम अन्र्तगत अस्थाई करार उद्यम विकास सहजकर्ताको रुपमा काम गर्न कम आँट लिएर रोल्पा र दाङबाट पुर्व भोजपुरको षडानन्द नगरपालिकामा आएका छैनन् । आँट गर्दा भविष्य बन्छ भन्ने विश्वासका साथ एकोहोरो बाटो मात्रै आईपुग्न करिब तीन दिन समय लाग्ने ठाउँमा आएर काम गरिरहेका छन् । नेपाल सरकारको स्थाई कर्मचारी भनेको ठाउँमा पुग्दैन उतै मन्त्रालयबाटै मिलाएर आफुलाई पाएक पर्ने ठाउँमा सरुवा लिएर जान्छन् उनिहरु करार जागिरको लागि यत्तिका टाढाको दुरीमा आँट लिएर केहि गर्ने अठोटका साथ आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन् ।

उनिहरु अरु कर्मचारी भन्दा केहि फरक छन् दुबै जना पश्चिमबाट आएकाले होला दुबै जनामा धेरै मित्रता रहेको छ यहाँका कर्मचारीहरु संग तेत्ति धेरै साथ संगत गरेर हिनेको देखिदैन उनिहरु आफ्नै सुरमा काम गरिरहेका छन् । फेरी उनिहरु अरुसंग घुलमिल नभएको भने हैन सबैसंग मिठो बोलि व्यवहार छ सबैलाई सम्मान गर्छन प्राय बाटोमा भेटिने चिनजानको मानिससंग दुई हात जोडेर नमस्कार शब्दद्धारा हसिलो मुहारमा आफ्नो व्यवहार प्रस्तुत गर्छन ।

यो स्टोरी तयार पार्नको लागि उनिहरुसंग बुझ्न खोज्दा केहि अप्ठ्यारो मानेका उनिहरु विस्तारै विस्तारै खुलेर आफ्नो विवरण दिन तयार भए । दुबै जना लजालु स्वभाव भएको ललिता केहि खुलेर सहजै बोल्छिन भने सुजतामा अलिक कम बोल्ने स्वभाव रहेको छ ।

सडक सञ्जालको पहुँच सहजै नपुगेको नगरपालिका भित्रको विभिन्न वडामा पुगरे कार्यक्रम निर्माण गर्नु र सम्पन्न गर्नु त्यति सहज छैन तरपनि उनिहरु आत्तिएका छैनन् । करिब १८÷१९ महिनादेखि दुबैजना निरन्तर आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन् । सहज, गारो, अप्ठ्यारो र बाधा अड्चन त होला तर पनि उनिहरु त्यस्ता कुरालाई पर राखेर आफ्नो कर्तव्यबाट कति पनि विचलित छैनन् ।

भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको विभिन्न वडामा पुगेर मानिसहरुलाई उद्यमी बनाउने उदेश्य राखेर काम गरिरहेका छन् । नयाँ ठाउँ नयाँ मान्छे नयाँ परिस्थितिमा आफ्नो कर्तव्यलाई पुरा गर्न त्यत्ति सजिलो छैन तरपनि उनिहरु अहिले सम्म आत्तिएका छैनन् निरन्तर आफ्नो कर्मलाई अगाडी बढाईरहेका छन् । विभिन्न वडामा उद्यमी बनाउने वडा वडादेखि टोल टोल सम्म पुगेर कसरी उद्यमी बन्न सकिन्छ भनेर ज्ञान, सीप, चेतना, सुचना सन्देस साथै विभिन्न खालका उद्यम सम्बन्धि तालिम समेत प्रदान गर्दै आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन् ।

ललिता भन्छिन् “टाढा छ घर आउन जान धेरै समस्या हुन्छ घर परिवारमा चार्ड पर्व र दुखः सुखको समयमा घर पुग्न सकिदैन दुखः लाग्छ” । भौगिलिक विकटताको कारण काम गर्न अलिक समस्या छ साथै महंगी पनि छ बसेर काम गर्न समस्या नै छ तर पनि आफ्नो कर्तव्यबाट विचलित नभएको उनि बताउँछिन् ।

दुबै जना कृषि कर्म गर्ने परिवारमा जन्मिएका हुन् ललिताको एक दाजु तीन दिदिहरु र एक जना बहिनी पनि छिन् दाजु शिक्षक पेशामा आवद्ध रहेका छन् भने दिदिहरु विवाह गरि आफ्नो घरजाम गरिरेका छन् बहिनी अध्ययन गरिरहेको छ भने यता सुजता पुनको तीन दाजु र २ दिदिहरु आ–आफ्नै कर्ममा लागि सकेका छन् । २२ र २३ बर्ष उमेर भएकी यत्तिका टाढा आएर आफ्नो भविष्यको लागि संर्घष गरिरहेका छन् । प्राविधिक तर्फ ई.डि.एफ १८ महिने कोर्ष गरेका उनिहरु स्नातक निरन्तर गरिरहेका उनिहरु लोक सेवाको तयारी समेत गरिरहेका छन् । आफ्नो भविष्य र परिवारको लागि सानै उमेरमा संघर्ष गर्ने ललिता र सुजताप्रति सम्मान ।

तपाईको प्रतिक्रिया