भोजपुर– भारतमा सम्पन्न दक्षिण एसियाली च्याम्पिएन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा २२ स्वर्ण पदक सहित नेपाल दोस्रो भएको छ । महिला÷पुरुष गरि जम्मा ६ वटा विद्यामा नेपाल २२ स्वर्ण, १५ रजत र २५ कास्या गरि ६२ पदक सहित दोस्रो भएको हो ।

भारतको हैदराबादमा अगष्ट ४ देखि ६ तारिकसम्म आयोजित दक्षिण एसियाली च्याम्पिएनसिपमा भारत प्रथम, नेपाल दोस्रो र बंगलादेश तेस्रो भएको हो । नेपालको प्रतिनिधित्व गर्दै ७ प्रदेशबाट ५१ खेलाडी सहित ७१ जना नेपाल अन्तराष्ट्रि आई.टि.एफ तेक्वान्दो टिम भारतको हैदराबाद पुगेका थिए ।

एकल स्पाईरिङ, एकल प्याट्र र ग्रुप स्पाईरिङ महिला÷पुरुष गरि जम्मा ६ वटा विद्यामा ६२ पदक प्राप्त भएको नेपाल अन्तराष्ट्रिय आई.टि.एफ तेक्वान्दो संघको अध्यक्ष प्रविन कुमार कार्कीले जानकारी दिए ।

त्यस्तै कोशी प्रदेश अन्र्तगतका खेलाडीहरुले ७ स्वर्ण, ५ रजत र ८ कास्या पदक नेपाललाई दिलाएको छ ।

तपाईको प्रतिक्रिया