भोजपुर– सातौं क्षिण एसियाली आई.टि.एफ च्याम्पिएनसिप प्रतियोगितामा देशको लागि स्वर्ण सहित चार पदक दिलाउने भोजपुरका दुई खेलाडीलाई जिल्लामा स्वागत गरेको छ । भोजपुर जिल्ला आई.टि.एफ तेक्वान्दोको आयोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रम ¥याली सहित गरेको हो ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार परिक्रमा साथै कोणसभा गरेर स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । परिक्रमा बजार प्रवेश गर्ने प्रवेशद्धारदेखि मन्दिर, चौक, हुँदै मिलटोल हुँदै चौकमा कोणसभा गरि स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो । भारतको हैदराबादमा अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको दक्षिण एसियाली च्याम्पिएनसिप प्रतियोगितामा भोजपुरका वीर बहादुर तामाङ र सजिना तामाङले देशको लागि एक स्वर्ण सहित ४ पदक दिलाएका थिए ।

सजिना तामाङले ग्रुप स्पाईरिङ तर्फ स्वर्ण पदक, एकल स्पाईरिङ तर्फ रजत पदक र एकल प्याटन तर्फ कास्य पदक र वीर तामाङले एकल स्पाईरिङ तर्फ कास्य पदक गरि जम्मा चार पदक नेपालको लागि दिलाएका थिए ।

उनिहरुलाई जिल्ला आई.टि.एफ तेक्वान्दो भोजपुरको आयोजनामा भएको स्वाग तथा सम्मान कार्यक्रममा संघ संस्थाको प्रतिनिधि, कार्यालयका प्रमुखहरु, जनप्रतिनिधि, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष षडानन्द नगरपालिकाका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको थियो ।

खेलकुदमा स्थानीय तहहरुको अलिक उदाशिनताको कारण खेलकुद पछि परेको छ यसमा प्रत्येक स्थानीय तहले पालिका भित्र भईरहेको खेलकुदलाई मध्यनजर गरेर खेलकुदको विकासमा ध्यान दिनुपर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले बताएका थिए ।

विभिन्न समस्या र वाध्यताका कारणले चाहेजति खेलकुदमा विकास गर्न सकिएको छैन तर यसलाई विस्तारै योजनावद्ध ढंगले विकास गर्दै लैजाने नगरपालिकाकी उपप्रमुख प्रमिला राईले बताईन् । यता नगरप्रमुख सुरेन्द्र कुमार उदासले भने भएको कुरालाई भएको र गल्ति भएकोमा खुल्ला मनले गलत हो भनेर भनिदिन आग्रह गरेका छन् । खेलकुदमा भने जति चाहेजति विकास गर्न नसकेपनि खेलाडी उत्पादन तर्फ ध्यान दिईरहेको मेयर उदासले बताएका छन् । आगमी बर्षहरुमा अझ बृहत योजना सहित खेलकुदलाई अगाडी बढाईने समेत मेयर उदासले बताएका छन् ।

तपाईको प्रतिक्रिया