खेलमा छुट्टै पहिचान बनाएका प्रबिण कुमार कार्कीले आफ्नो जिवननै तेक्वान्दोलाई सुम्पिएका छन् । विभिन्न खेलका अग्रजहरुले खेलमा आफ्नो जिवनको पुर्ण समयनै व्यतित् गरेर ईतिहास बनाएका छन् यस्तै खेलक्षेत्रमा आफ्नो जिवन सुम्पिने कार्कीले विशेष गरि आई.टि.एफ तेक्वान्दोलाई आफ्नो जिवननै सुम्पिएका छन् । आफना्े सबै भन्दा महत्वपुर्ण र उर्जासिल समय आई.टि.एफलाई प्रदान गरेका प्रबिण कुमार कार्कीको संर्घषको यात्रालाई यहाँ चर्चा गरिएको छं ।

वि.सं. २०३४ साल मंसिर १९ गते स्व. बुवा दिल्लिध्वज कार्की र स्व. आमा गंगा कुमारी कार्कीको कोखबाट बिराटनगर महानगरपालिका वडा नं. १ मा जन्मिएका प्रबिण कुमार कार्कीको खेल क्षेत्रको यात्रा २०४९ सालदेखि भएको थियो । उनि १५ बर्षको उमेरदेखि नै खेलकुदमा लागेका कार्कीले सुरुमा डव्लु.टि.एफ तेक्वान्दो खेलमा समावेश भएका उनि पछि आई.टि.एफ तेक्वान्दोमा आफुलाई सुम्पिन राजी भए । वि.स. २०५५ सालमा उनि आई.टि.एफ तेक्वान्दो संघको पुर्वाञ्चल आई.टि.एफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष भएर पुर्वाञ्चलमा आई.टि.एफ तेक्वान्दोको विकास गर्ने हुटहुटी सहित उदाएका थिए ।

उनि डब्लु.टि.एफका दोस्रो डान हुन् भने अहिले उनि आई.टि.एफ तेक्वान्दोका छैटौं डान प्राप्त हुन् । उन्ले खेल जिवन संग संगै व्यवसाय र राजनितीक जिवनलाईपनि अगाडी बढाएका छन् हाल उनि हार्डवयर व्यवसायी हुन भने मोघा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका छ्न् । तर उन्ले जिवनको सबै भन्दा महत्वपुर्ण र उर्जासिल समय आई.टि.एफ तेक्वान्दोलाई दिएका छन् । तीन दशक अगाडीदेखि आई.टि.एफ तेक्वान्दो खेलको विकास र आई.टि.एफ प्रति आफुलाई सुम्पिएका प्रविन कार्की नेपाल अन्र्तराष्ट्रिय आई.टि.एफ तेक्वान्दोका हाल तर्दथ समिका अध्यक्ष समेत हुन् ।

वि.सं. २०५६ सालमा केन्द्रिय सदस्य भएका कार्की २०७२ सालमा भएको छैटौं अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए भने रेफ्री चेयरमेन समेत हुन् । ३१ बर्षको अन्तरालमा उन्ले बेलायतमा भएको ईङ्ग्लिस ओपन च्याम्पिएनको प्रशिक्षकको भुमिका निभाएका कार्कीले भारतको दिल्लिमा भएको मार्सल आर्ट गेम्स महासंघको वर्ड च्याम्पिएनसिपमा निर्णयकको भुमिका निर्भाह गरेका थिए ।

नेपाल अन्तराष्ट्रिय आई.टि.एफ तेक्वान्दोमा दुई पटक उत्कृष्ट प्रशिक्षक समेत भएका उनि भारतको बेङलोरमा भएको साउथ एसियन च्याम्पिएनसिप प्रतियोगितामा उन्ले निर्णयकको भुमिकामा समेत रहेका थिए । दोस्रो साउथ एसियन च्याम्पिएनसिप प्रतियोगितादेखि उनि निरन्तर साउथ एसियन च्याम्पिएनसिप प्रतियोगिताको निर्णायकको भुमिकामा रहेका छन् । उन्ले पुर्वाञ्चलमा आई.टि.एफ संस्थापक अध्यक्ष भएर ल्याएपछि आई.टि.एफ तेक्वान्दोको चर्चा, विकास साथै संस्थागत विकासमा ठुलो योगदान दिएका छन् ।

उनि अन्तराष्ट्रि निर्णयक हुन उन्ले मलेसियामा सम्पन्न अन्तराष्ट्रि रेफ्रि तथा टेक्निकल सेमिनार लिएका थिए । उनि खेलकुद विकासको लागि नेपालको हाल कर्णाली प्रदेशको केहि जिल्ला बाहेको अन्य जिल्लामा पुगेर खेलकुद विकासमा योगदान दिएका छन् । उन्ले नेपाल अन्तराष्ट्रिय आई.टि.एफ तेक्वान्दो संघको कार्य बहाकको जिम्मेवारी समेत केहि समय सम्हालेका छन् । उन्ले आई.टि.एफ तेक्वान्दो खेलकुदको पुर्वाञ्चल आई.टि.एफको संस्थापक अध्यक्ष भए पश्चात हालसम्म पुर्वाञ्चल स्तरीय ११ वटा प्रतियोगिताहरु, संघिय संरचना अनुसार प्रदेश स्तरीय ६ वटा प्रतियोगिता सम्पन्न गरेका छन् भने प्रदेश नं. १ र कोशी प्रदेश स्तरीय प्रोफेसनल प्रतियोगिता दुई वटा सम्पन्न गराईसकेका छन् । उन्ले संस्थापक भएर पुर्वाञ्चलमा सुरु भएको आई.टि.एफ तेक्वान्दो खेलाडी अहिले लगभग ५ हजार खेलाडीहरु खेलमा आवद्ध छन् ।

पछिल्लो समय उनलाई नेपाल अन्तराष्ट्रि आई.टि.एफ तेक्वान्दो केन्द्रिय समितिको तर्दथ समितिको अध्यक्षको जिम्मेवारी दिएपछि उन्ले आई.टि.एफलाई झनै चुस्तदुरुस्त राखेका छन् । उन्ले तर्दथ समितिको अध्यक्षको जिम्मेवारी पाएपछि भक्तपुरमा जुनियर राष्ट्रिय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न गराएका छन् । कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सम्पन्न गराएका छन् । काठमान्डौको रंगशाला स्थित इन्डो नेपाल प्रतियोगिता सम्पन्न गराएका छन् ।

भारतको हैदराबादमा अगष्ट ४ तारिक देखि ६ तारिकसम्म भएको दक्षिण एसियाली आई.टि.एफ तेक्वान्दो च्याम्पिएनसिप प्रतियोगितामा नेपाललाई सहभागी गराउँदै दोस्रो स्थान दिलाउन सफल भएका थिए । उनि दक्षिण एसियाली आई.टि.एफ तेक्वान्दो संघका आर्थिक तथा बजार विभाग प्रमुख समेत हुन् ।

उन्को अझ महत्वपुर्ण हालै सम्पन्न काजकिस्थानमा भएको २२ औं विश्व च्याम्पिएन आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट ४ खेलाडी, प्रशिक्षक, अफिसिय र निर्णायकलाई सहभागीताको लागि पठाउन सफल भएका छन् । उनै आइ.टि.एफ तेक्वान्दो खेललाई जिवन सुम्पिने प्रबिण कुमार कार्की अब पोखरामा सम्पन्न हुने सातौं अधिवेशनको लागि अध्यक्षको दाबेदार हुन् उन्ले आफ्नो १४ बुँदे प्रतिवद्धता सहित उन्ले आफ्नो अध्यक्षको लागि उम्मेदवार दिने निर्णय गरेका छन् ।

हेरौं उन्को १४ बुँदे प्रतिवद्धता पत्र

१. नेपाल आई.टि.एफ तेक्वान्दोलाई अझ बढी शसक्त ढंगले व्यवस्थित गर्दै अगाडी बढाउने ।
२. नेपाल आई.टि.एफ तेक्वान्दोलाई लोकतान्त्रिक पद्धति अनुसार चलाउने ।
३. नेपाल आई.टि.एफ तेक्वान्दोको आर्थिक पारदर्शीलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्ने ।
४. नेपाल आई.टि.एफ संघको क्यालेन्डरमा रहेको जनरल चोइहिङ हि स्मृती प्रतियोगितालाई निरन्तरता दिने
५. नेपाल आई.टि.एफ तेक्वान्दो संघको आधिकारिक लोगोको बिचमा रहेको नेपालको नक्सालाई चुच्चे नक्सामा परिवर्तन गराउने ।
६. डोजाङ, जिल्ला र प्रदेशहरुमा नेपाल आई.टि.एफले अनुगमन गर्ने साथै प्रभावकारी प्रशिक्षणद्धारा उच्च स्तरका खेलाडीको उत्पादन गरिने ।
७. नेपाल आई.टि.एफ तेक्वान्दोको सामुहिक निर्णयकलाई कार्यन्वयन गर्ने ।
८. नेपाल आर्य.टि.एफले अन्जुनाथ स्मृती प्रतियोगिताको सुरुवात गर्ने
९. नेपाल आइ.टि.एफ तेक्वान्दोको क्यालेन्डरमा रहेको प्रत्येक बर्ष कालेपेटी तर्फको पहिलो डान, दोस्रो डान, तेस्रो डान र चौथो डानको ग्रेडिङ भएको ७ दिन भित्र हेड क्वाटरमा पेश गर्ने
१०. नेपाली प्रमाण–पत्र दिने प्रकृयाको अन्त्य गर्ने ।
११. अन्तराष्ट्रिय प्रतियोगिता हुँदै गर्दा देश भरिका खेलाडीहरुको छौनोट प्रकृयाद्धारा मात्रै सहभागी गराउने ।
१२. प्रत्येक बर्ष नेपाल आई.टि.एफको आयोजनामा राष्ट्रिय प्रतियोगिता गर्ने ।
१३. देश भरिका प्रशिक्षकहरुलाई अन्तराष्ट्रि प्रशिक्षकको उपस्थितिमा अन्तराष्ट्रिय सेमिनार तथा प्रशिक्षण गराईने ।
१४. नेपाल आर्य.टि.एफ तेक्वान्दो प्रशिक्षण डोजाङ प्रत्येक स्थानीइ तहसम्म पु¥याउन पहल साथै तिनै तहका सरकार संग समन्वय गरि तेक्वान्दोको विकास गर्ने ।

तपाईको प्रतिक्रिया