भोजपुर– अरुण माविको आयोजना तथा अरुण एल्मोनाई एसोशियसनको संयोजनमा शुभ दिपावली साँझ २०८० हुने भएको छ ।शुभ दिपावलीको अवसरमा शुभ दिपावली साँझ २०८० कार्तिक २४ गते साँझ ५ बजे देखि दिङ्ला बजार अवस्थित भलिवल ग्राउण्डमा हुने अरुण एल्मोनाई एसोशियसनका अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिए ।

लोक संस्कृतिको संरक्षणको आवाश्यकता, पर्यटन प्रर्वधनमा विद्यार्थीको सहभागीता भन्ने नाराका साथ शुभ दिपावली साँझ आयोजना गरिएको छ । यस शुभ दिपावली साँझले विभिन्न संस्कार संस्कृतिको संरक्षण साथै पर्यटन प्रर्वधनमा टेवा पु¥याउने लक्ष्यले साँझको आयोजना गरिएको विद्यालयका प्रधानध्यापक सजिंव न्यौपानेले बताए ।

भोजपुरको उत्तरी क्षेत्रमा रहेको प्रख्यात तथा भोजपुर उत्तरी क्षेत्रको शिक्षाको एक धरोहराको रुपमा रहेको विद्यालयको आयोजना तथा यस विद्यालयका पुर्व विद्यार्थीहरुको संगठन अरुण एल्मोनाई एशोसियनको संयोजनमा भएको साँझमा विभिन्न जात जातीका संस्कार संस्कृति साथै नृत्य प्रर्दशन हुने एल्मोनाईका अध्यक्ष भित्रिकोटीले बताए ।

साथै साँझको सम्पुर्ण तयारी पुरा भईसकेको समेत अध्यक्ष भित्रिकोटीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया