दिङ्लामा लाग्ने ऐतिहासिक बाला चतुर्ददशी मेलाको बृहत तयारी

भोजपुर– भोजपुरको ऐतिहासिक क्षेत्र दिङ्ला बजारमा प्रत्येक बर्षको लाग्ने बालाचर्तुदशी मेलाको बृहत तयारी भईरहेको छ । प्रत्येक बर्ष लाग्ने बाला चर्तुदशी मेला यस बर्ष बृहत मेला बनाउने उदेश्यले बृहत तयारी गरि रहेको षडानन्द नगरपालिका वडा नं. ४ वडाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक राज कुमार तामाङले जानकारी दिएका छन् ।

बजारलाई कुन प्रकृतिको बनाउने हो के कस्ता गतिविधिहरु बजारमा हुने यसको विषयमा बैठक सम्पन्न भईसकेको छ । यो बर्ष विगत बर्ष भन्दा फरक प्रकृति र फरक ढंगबाट बजार लाग्ने समेत तामाङले बताएका छन् । पहिला जसरी जहाँ पायो त्यही जसरी पायो त्यसरीनै बजारमा ठाउँ लिएर बस्न पाईने छैन बजारमा कपडा व्यवसाय एकातिर, खाद्यन्न व्यवसाय एकातिर, खाजा पसल एकातिर साथै विभिन्न उत्पादित वस्तुहरुको आफ्नो आफ्नै क्षेत्र तोकिने तामाङले बताएका छन् ।

विशेष गरि बालाचतूर्दशी मेलामा सतविज छर्न आउने श्रद्धालु भक्तजनहरुको लागि सीताराम मन्दिरमा धार्मिक कार्यक्रम पनि हुने तामाङले बताएका छन् ।

यता षडानन्द नगरपालिका सामाजिक विकास शाखाको तर्फबाट बजारलाई बृहत बनाउने सांस्कृतिक कार्यक्रमको लागि बजेट विनियोजन गरेर कार्यक्रमको तयारी भईरहेको छ । बजारलाई हरेक दृष्टिबाट हेरिएको छ धर्म कर्मको लागि आउने श्रद्धालु भक्तजनहरुलाई मन्दिरमा धार्मिका कार्यक्रम राखिएको छ । यता युवा युवतीहरुलाई सांस्कृतिक कार्यक्रम मार्फत ख्याती प्राप्त कलाकारहरु संग रमाउने वातावरणको तयारी भईरहेको छ । भने केहि रमाइला खालका खेलहरु समेत मेलामा हुने षडानन्द नगरपालिका सामाजिक विकास शाखाका संयोजक मन्दिप रसाईलीले बताए ।

“यो ऐतिहासिक क्षेत्र हो र यो ऐतिहासिक क्षेत्रमा लाग्ने मेलाको ऐतिहासिक साख जोगाउन हरप्रयास गरेर लागिरहेको” षडानन्द नगरपालिका वडा नंं ४ वडाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक राज कुमार तामाङले बताए ।

तपाईको प्रतिक्रिया