भोजपुर– बौधमान–नरमाया बुढाथोकी स्मृति पञ्च बर्षिय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपालेडाँडाले हात पारेको छ । साल्पा सिलिछो गाउँपालिकाको कुलुङमा कुलुङ माघेमेला युवा क्लवले आयोजना गरेको प्रतियोगिताको उपाधी षडानन्द नगरपालिका ५ पुल बजारलाई सोझो सेटमा पराजित गर्दै षडानन्द नगरपालिका १ नेपालेडाँडाले उपाधी हात पार्न सफल भएको हो ।
प्रतियोगितामा साल्पासिलिछो गाउँपालिका वडा नं. १ र वडा नं. २ सेमिफाईनलिष्ट भएका छन् । यता महिला तर्फ साल्पासिलिछो गाउँपालिका ५ दोभाने प्रथम हुँदा सिलिचोङ गाउँपालिका १ सिसुवा दोस्रो भएका छन् भने साल्पासिलिछो गाउँपालिका ४ खाटाम्मा र सिलिचोङ २ बाला सेमिफाईनलिष्ट भएका छन् ।
पुरुष तर्फ प्रथम हुने टिमले नगद रु. ७५ हजार १ सय, दोस्रो हुने टिमले नगद रु. ५० हजार १ सय साथमा चाँदीको ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् साथै सेमिफाईनलिष्ट टिमले नगद रु. ३० हजार १ सय साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यता महिला तर्फ प्र्रथम हुने टिमले नगद रु. ४५ हजार १ सय, दोस्रो हुने टिमले नगद रु. ३० हजार १ सय साथम ट्रफी, मेडल साथम प्रमाण पत्र पाएका छन् भने सेमिफाईनलिष्टले नगद रु. २० हजार १ सय साथमा मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुष तर्फ सर्वाेत्कृष्ट खेलाडी नेपालेडाँडाका बाल कुमार राईमाझी, उत्कृष्ट सेटर नेपालेडाँडाकै जयराम खत्री, उत्कृष्ट स्पाईकर पुल बजारका कृष्ण रसाईली र उत्कृष्ट डिफेन्डर पुल बजारकै अनिल बिक र उत्कृष्ट ब्लकर नेपालेडाँडाका मनिष खत्री घोषित भएका छन् । महिला तर्फ साल्पा सिलिछो–५ दोभानेका अस्मिता राई सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् भने उत्कृष्ट सेटर सिलिचोङ गाउँपालिका–१ सिसुवाका रसिला राई घोषित भएका छन् ।