भोजपुर– जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा टेम्केमैयुम गाउँपालिका प्रथम भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा ८ स्वर्ण, २ रजत र ४ कास्य पदक सहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो ।
त्यस्तै भोजपुर नगरपालिका ५ स्वर्ण, ७ रजत र ८ कास्य सहित दोस्रो भएको छ भने साल्पासिलिछो गाउँपालिका ६ स्वर्ण, ६ रजत र १ कास्य पदक सहित तेस्रो भएको छ । यता ५ स्वर्ण ३ रजत र ४ कास्य गरि षडानन्द नगरपालिका चौथो भएको छ भने गत शालको विजेता अरुण गाउँपालिका ३ स्वर्ण, १ रजत र ६ कास्य पदक हात पार्न सफल भएका छन् । पौवादुङ्मा गाउँपालिका स्वर्ण १ रजत ७ र कास्य ४ पदक जितेका छन् भने रामप्रसादराई गाउँपालिका २ रजत र १ कास्य पदक जित्न सफल भएको छ ।
प्रतियोगिता जिल्ला खेलकुद विकास समिति भोजपुरको आयोजना तथा षडानन्द नगरपालिकाको प्रायोजनमा भएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा पुर्व मुख्यमन्त्री कोशी प्रदेश सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्य तथा षडानन्द नगरपालिका नगरप्रमुख सुरेन्द्र कुमार उदासको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।