भोजपुर– भोजपुर आई.टि.एफ तेक्वान्दो जिल्ला समितिको आयोजना तथा षडानन्द नगरपालिकाको प्रायोजनमा भएको जिल्ला स्तरीय आई.टि.एफ प्रतियोगिता सम्पन्न भएको छ । फाल्गुन १८ र १९ गते दुई दिनसम्म सञ्चालन भएको दोस्रो जिल्ला स्तरीय प्रतियोगिताको विजेता निगुरे डोजाङ भएको छ ।

५ स्वर्ण पदक, २ रजत पदक र ४ कास्य पदक गरि ११ पदक सहित प्रतियोगिताको विजेता बनेको हो । यता ३ स्वर्ण पदक, २ रजत पदक र २ कास्य पदक सहित द्धितीय भएका छन् भने २ स्वर्ण ३ रजत र १ कास्य सहित तेस्रो हुन सफल भएका छन् । प्रतियोगिताको उद्घाटनमा षडानन्द नगरपालिकाद्धारा विनियोजित बजेटबाट खरिद गरिएको म्याटको समेत उद्घाटन नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले गरेका थिए ।

प्रतियोगिताको उद्घाटनमा षडानन्द नगरपालिका नगरप्रमुख सुरेन्द्र कुमार उदास प्रमुख अतिथि रहेका थिए भने समापन समारोहको प्रमुख अतिथि नगरपालिका उपप्रमुख प्रमिला राईको रहेको थियो । प्रतियोगितामा सुमन प्रधान, पेम्दोर्ची शेर्पा, अभिशेक योगी, सचिन राई, अजय राई, शिव बस्नेत, दिपक राई, नविन राई, जिवन राई पुरुष तर्फको स्वर्ण पदक विजेता विजेता हुन् ।

महिला तर्फ निता राई, रक्षा तामाङ, निरा राई, तान्य राई र दिलमाया तामाङले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको उत्कृष्ट महिला पुरुष निता राई र प्रमेश राईले पाएका छन् भने अनुशासित खेलाडी एलिन राई भएकी छिन् ।

तपाईको प्रतिक्रिया