भोजपुर– षडानन्द नगरपालिकाको आयोजनामा दुईदिने पायल्स, फिस्टुला र फिसर सम्बन्धि निशुल्क शिविरको सुरु भएको छ । षडानन्द नगरपालिका अन्र्तगतको दिङ्ला आर्युवेद औषधालयको आयोजनामा शिविर चैत्र २ र ३ गते सञ्चालन हुनेछ ।

हामि हत्तार गर्छाै हामीलाई केहि हुन नपाई औषधी खानु पर्ने हतार छ, छिटो निको हुने भ्रमले आज आयुर्वेदिक औषधीहरु लोप हुँदै गएको छ । भरपर्दाे औषधी तथा उपचार विधि यहाँ छ यस शिविरले समग्र पालिकावासीको पिडालाई कम गराउँछ भन्ने उदेश्यले शिविरको आयोजना गरिएको षडानन्द नगरपालिका वडा नं. ७ का वडाध्यक्ष दिपेश बिष्टले बताए ।

संवेदनशिल अंगमा समस्या हुने तथा यो रोग संवेदनशिल भएकोले सबैले आफ्नो समस्या भन्न लजाउने कारणले अझ समस्या बढेर जाने हुन्छ । यो शिविरमा दक्ष चिकित्सकहरुको उपस्थिति रहेको छ शिविरमा उपलब्ध स्रोत, साधन तथा औषधी मार्फत ठिक हुने समस्या यहाँ ठिक हुन्छ त्यसैले आफ्नो समस्या नलुकाई, नलजाई स्पष्ट आफ्नो समस्या जानकारी गराई शिविरको लाभ लिन षडानन्द नगरपालिका उप–प्रमुख प्रमिला राईले बताईन् ।

तपाईको प्रतिक्रिया