भोजपुर– घरपरिवारको सम्पर्कबाट ३५ बर्ष हराएका प्रकाश (काले) तामाङलाई घरैमा नागरिकता दिने व्यवस्था मिलाउने षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताएका छन् । बुधबार षडानन्द नगरपालिका वडा नं. १० छाप्लेगाउँमा प्रकाशका बुवा र आमालाई भेटेर मेयर उदासले नागरिकता घरैमा दिने बताएका हुन् ।

प्रकाशका बुवा बिरामी भएको कारण ईलाका प्रशासन कार्यलय जान तथा जिल्ला प्रशासन कार्यलय जान समस्या हुने भएकोले घरैमा नागरिकता उपलब्ध गराउने उदासले बताएका छन् । प्रकाश तामाङको बुवा आमालाई साथमा राखी भोजपुरका प्रमुख जिल्ला अधिकारीलाई फोन गरि तामाङलाई घरैमा नागरिकता उपलब्ध गराईदिन समेत भनेका छन् ।

घरपरिवारबाट हराएका प्रकाश ३५ बर्षपछि हेर्ने कथाबाट सार्वजानिक भएपछि अहिले विभिन्न अभियन्ता साथै सरकारी पक्षबाट समेत चासो भईरहेको छ । नेपाल सरकारका प्रधानमन्त्री केपि शर्मावलीले समेत प्रकाशको बारेमा सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । विभिन्न अभियन्ता तथा संघसंस्थाहरुले सहयोग गर्ने विषय उठेपछि आधिकारिक सहयोगको लागि प्रकाश तामाङको नागरिकता अनिवार्य हुन आवश्यक छ त्यसैले पहिलो प्राथमिकता नागरिकता बनाईदिन लाग्ने उदासले बताएका हुन ।

मेयर उदासले प्रकाश तामाङलाई फोन गरेर भने “तपाई घर आउनुहोस आईसकेपछि तपाईको घरमा नागरिकता दिने व्यवस्था हामि गर्ने छौं” प्रकाश तामाङले फोन मार्फतनै मेयर उदासलाई धन्यवाद दिएका छन् । प्रकाशका बिरामी बुवालाई उपचारको लागि समेत पालिकाले सहयोग गर्ने उदासले बताएका छन् । साथै युके निवासी कृष्ण कुमार राईले जग्गा उपलब्ध गराउने र नेपाल सरकारका पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीको संयोजकत्वमा एउटा घर निर्माण गरिदिने भएको छ ।

बुधबार नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदास, उपप्रमुख प्रमिला राई, अन्य जनप्रतिनिधिहरु साथै राजनितिककर्मीहरुको टोलि प्रकाशको आमा बुवा साथै परिवारलाई भेट्न छाप्लेगाउँ पुगेका थिए ।

तपाईको प्रतिक्रिया