संखुवासभा / संखुवासभामा रुद्राक्षको बोटदेखि लडेर एक जना घाइते भएका छन् । रुद्राक्ष हेर्ने क्रममा रुखदेखि लडेर चैनपुर नगरपालिका ११ लोहाकोटमा एक जना घाएते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । लोहाकोटका चित्र बहादुर दाहाल लडेर घाइते भएको बताइएको छ । दाहाल शनिबार बिहान ११ बजे रुद्राक्ष हेर्न बोटमा चढेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । ढाडमा समस्या देखिएका कारण थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चौँथो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी सोमबारे फुटबल क्लबलाई
भोजपुर– भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ घ्याम्पे रंगशालामा जारी चौंथो संस्करण खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाध...
३५ बर्षपछि फर्किएका प्रकाशलाई घरैमा नागरिकता दिने व्यवस्था हुन्छः मेयर उदास
भोजपुर– घरपरिवारको सम्पर्कबाट ३५ बर्ष हराएका प्रकाश (काले) तामाङलाई घरैमा नागरिकता दिने व्यवस्था मिलाउने षडानन्द नगरपालि...
गुठीको यथार्थ पत्रकार सम्मेलन मार्फत सार्वजानिक
भोजपुर– षडानन्द सीताराम गुठीले संस्थाको यथार्थ पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । मंगलबार संस्थाको हलमा पत्रकार...
भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु
भोजपुर– भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै ग...
१६ बर्ष मुनिको खुल्ला पुरुष फुटबल प्रतियोगितामा विवादास्पद गोलका कारण चन्द्र सुर्य मावि पारजित
भोजपुर– १६ बर्ष मुनिको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी विवादास्पद गोलका कारण जनचेतना फुटबल क्लबले जितेको छ । षडान...
पायल्स, फिस्टुला र फिसर सम्बन्धि दुईदिने निशुल्क आयुर्वेद शिविर
भोजपुर– षडानन्द नगरपालिकाको आयोजनामा दुईदिने पायल्स, फिस्टुला र फिसर सम्बन्धि निशुल्क शिविरको सुरु भएको छ । षडानन्द नगरप...