पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा। आमिर लियाकत हुसैनको ४९ वर्षको उमेरमा निधन भएको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उहाँको मृत्यु भइसकेको बताएका थिए ।
हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उहाँको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको छ ।
भर्खरै मात्रै आमिर लियाकत आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिनुभएको थियो, जसका कारण उहाँले देश छाड्ने घोषणा गर्नुभएको थियो ।
धार्मिक टीभी कार्यक्रम ुआलम अनलाइनु बाट चर्चित डा। आमिर लियाकत हुसैन सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद बन्नुभएको थियो ।