भोजपुर– अगिल्लो सरकारले सुनिश्चित गरेको ठुला बजेटहरु कोशी प्रदेश सरकारले रोकि दिएको छ । अगिल्लो सरकारले दिङ्ला–तिन्तले र तिन्तले–भोजपुर सडक कालोपत्रेको लागि बजेटको सुनिश्चितता गरि भोजपुर पुर्वाधार विकास कार्यालयले ठेक्का खोली काम अगाडी बढाउने समयमा योजना रोकि दिएको छ । यत्तिका ठुलो बजेट रोकेर साना तिना बजेट देखाएर जस लिने काम गरेको पुर्व मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् ।

राईले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै भनेका छन् प्रदेश सरकारको रातो किताबमा भएको उक्त सडक कालोपत्रे योजना आर्थिक मन्त्रालयबाट बजेटको सुनिश्चितता भई भोजपुर जिल्ला पुर्वाधार कार्यलयले ठेक्का खोली कुन कम्पनिले ठेक्का पायो भन्ने सम्मको निर्णयमा पुगिसकेको योजना हिक्मत कुमार कार्कीको प्रदेश सरकारले रोकि दिएको छ । दुई खण्डको सडक दिङ्ला–तिन्तले र तिन्तले भोजपुर गरि झन्डै २ अरब बजेट सुनिश्चत भएको थियो । यस्ता ठुला योजना ठुला बजेट रोकेर साना तिना १० लाख र २० लाखको योजना भोजपुर जिल्लालाई दिँदै अहिले कार्की नेतृत्वको सरकार जस लिने दाउमा रहेको देखिन्छ ।

त्यस्तै हिले भञ्ज्याङ, बोया, दिङ्ला सडकको ५ करोड बजेट, बञ्चरे झ्याउँपोखरी स्तरोन्नती ५ करोड बजेट ठेक्का लागि सम्झौता भई काम अगि बढिरहेको अवस्थामा प्रदेश सरकारले उक्त योजनापनि पैसा रोक्का गरिदिएपछि ठेकेदार बिचैमा काम छोडेर हिनेका छन् ।

भोजपुर जिल्लामा यस्ता धेरै ठुला बजेटको योजनाहरु अहिले काम सकिएर पनि भुक्तानी पाउन निकै सकस परिरहेको छ । यस्ता ठुला योजना रोकेर साना तिना असारे बजेट वितरण गर्दै प्रदेश सरकार जस लिइ रहेको छ ।

त्यस्तै कुलुङमा निर्माण हुने सामुदयीक भवनको २० लाखको बजेट पनि रोक्का गरिएको छ । त्यस्तै भोजपुरको पुर्वी, दक्षिणमा पर्ने जरायोटामा रहेको तीन वटा योजनापनि रोक्का भएको छ । यतिका योजनाहरु रोक्का गरेर आफुले जस लिनकै लागि साना तिना योजना हालेर आफु जस लिने तर्फ अगाडी बढेको देखिन्छ ।

हेर्नुहोस पुर्व मुख्यमन्त्री राजेन्द्र राईको फेसबक स्टाटस

तपाईको प्रतिक्रिया