भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको आठौं नगरसभाले आर्थिक बर्ष २०८०÷८१ को लागि ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबार नगर प्रमुख सुरेन्द्र उदासले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपप्रमुख प्रमिला राईले प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक पारित गदै आठौं नगरसभा सम्पन्न भएको हो ।

नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरि ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । नगरले भौतिक पुर्वधारको क्षेत्रमा ३० लाख, सामाजिक विकाशमा २२ लाख, कृषि विकाशमा २८ लाख, स्वास्थ्यमा ४५ लाख, शिक्षामा २ करोड ४ लाख, खेलकुदमा १४ लाख आयुर्वेद स्वास्थ्यमा ८ लाख, प्रधानमन्त्री रोजगारमा २० लाख र पशु विकासमा २० लाख बजेट विनियोजन गरेको छ ।

नगरलाई सशर्त अनुदान संघिय सरकारबाट ३३ करोड २० लाख, विशेष अनुदान संघबाटै ४ करोड, समपुरक अनुदान संघ २ करोड प्रदेश सशर्त अनुदान १ करोड १७ लाख ८२ हजार, प्रदेश समपुरक अनुदान १ करोड ३० लाख, समानिकरण अनुदान १० करोड ९५ लाख, बाँडफाँडबाट प्राप्त राजस्व ११ करोड १३ लाख ४० हजार, प्रदेश समानिकरण अनुदान ६८ लाख, बाँडफाबाट प्राप्त राजस्व १ करोड ३६ लाख २७ हजार, आन्तरिक आय २ करोड ५० लाख, जनसहभागिता १ करोड, सामाजिक सुरक्षा ११ करोड , संघिय सशर्त अनुदान पँुजी २ करोड ६९ लाख र गत आवको अल्या गरि २ करोड १८ लाख ५० हजार पैसा आर्थिक बर्ष २०८०÷८१ को लागि अनुमानित आय रहेको छ ।

सभाले पारित बजेटबाट चालुतर्फ ४७ करोड ९९ लाख ८९ हजार (५६.३५) प्रतिशत र पुँजीगत तर्फ रु २६ करोड १८ लाख १० हजार (३०.३७) प्रतिशत र सामाजिक सुरक्षातर्फ रु ११ करोड (१२.९२) प्रतिशत खर्च हुनेगरि आर्थिक बर्ष २०८०÷८१ को लागि बजेट पारित गरेको हो ।

तपाईको प्रतिक्रिया