भोजपुर– गुरु षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीको अवसरमा धनमाया स्फुटकाव्य विमोचन भएको छ । जन्म जयन्ती कार्यक्रममा सार्दुल विक्रिडीत छन्दमा हेमराज गुरागाँईद्धारा लिखित धनमाया स्फुटकाव्य षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले विमोचन गरेका हुन् ।

कार्यक्रममा वोधन दर्जी र धनमाया दमिनीको सन्ततीहरुद्धारा निर्मित धनमाया प्रतिठानद्धारा प्रकाशित हेमराज गुरागाँई ९भावुक० को धनमाया स्फुटकाव्यको विमोचन भएको हो । षडानन्द अधिकारी सानैमा टुहुरो भएको कारण पालन–पोषण संगै आमाको दुध नआउँदा वोधन दर्जीको श्रीमती धनमाया दमाईले दुध चुसाएर अधिकारीलाई हुर्काउन सहयोग गरेका थिए । ब्राम्हणको छोरा पढेर सेवा गर्नु भनी पढ्नको लागि समेत प्रोत्साहन दिएकी धनमाया दमिनीको नाममा धनमाया स्फुटकाव्य विमोचन गरिएको धनमाया प्रतिष्ठानका अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिएका छन् ।

स्फुटकाव्यको व्याख्य मकालु साहित्यीक समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले गरेका थिए भने समिक्षा प्रगतिशिल लेखक कोशी प्रदेशका सचिव राजेन्द्र सर्वहाराले गरेका थिए ।

तपाईको प्रतिक्रिया