भोजपुर– भोजपुरको दिङ्लामा पनि लाखे जात्रा सुरु भएको छ । नेवाः देय् दबु षडानन्द नगर समितिद्धारा भव्य लाखे जात्राको सुरु भएको हो । एक औपचारिक कार्यक्रमको आयोजना गरि लाखे जात्राको नगरपालिकाका प्रमुख तथा नेवाः देयु दबुका प्रदेश समिति सल्लाहकार सदस्य सुरेन्द्र उदासको प्रमुख आतिथ्यमा जात्राको औपचारिक उद्घाटन गरेका छन् ।

जात्रा उद्घाटन नेवारी समुदायको गितमा नृत्य, ठाकठुके नृत्य साथै लाखे नाच प्रर्दशन गरेर जात्राको उद्घाटन गरेका छन् । आदिवासी जनजाती भित्रको नेवारी समुदायको संस्कार, संस्कृति, परम्परा, धर्म भाषा साथै भेषभुषा संरक्षणको लागि यस्ता कार्यक्रम आयोजना गरिएको नेवाः देय् दबुका नगर समिति सल्लाहकार समितिका सदस्य रमेश श्रेष्ठले बताए ।

जात्राको औपचारिक कार्यक्रम दिङ्ला बहुद्येश्यीय हलमा भएको थियो भने लाखे नाच दिङ्ला बजार परिक्रमा गरि सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया