खाँदबारी, संखुवासभाको सदरमुकाम खाँदबारीबाट सञ्चालित मिसन आइटी सोलुसन पाचौँ वर्षमा प्रवेश गरेको छ । आइतबार सोलुसनले पाचौं वर्ष प्रवेश गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरेको थियो । वार्षिकोत्षवको अवसरमा ४० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको सञ्चालक गंगा चौलागाईले बताए ।

छात्रवृत्ति प्राप्त गर्नेहरुमा वरुण बहुमुखी क्याम्पसबाट ९ जना, हिमालय उच्च मा.वि बाट १३ जना, सूर्य आवासिय मा.वि. बाट १० जना, महेन्द्र मा.वि. बाट ४ जना, बागेश्वरी मा.वि. बाट १ र अन्यबाट ३ जना रहेका छन् । उनीहरुलाई वेशिक र डिप्लोमा कम्प्युटर कोर्षका लागि छात्रवृत्ति प्रदान गरिएको सञ्चालक चौंलागाईले बताए ।

यस अवसरमा जिल्लामा सञ्चालित सञ्चार गृहलाई समेत सम्मान गरिएको छ भने आइटी सोलुशनको स्थापना कालदेखि हालसम्म कार्यरत दुईजना कर्मचारीलाई सम्मान गरिएको चौंलागाईले बताए ।

सम्मानित हुनेहरुमा मनोज कुमार चौधरी सिनियर प्रशिक्षक र जानुका राई सुपर भाईजर रहेका छन् । कार्यक्रममा सञ्चालक चौलागाईले भावि योजना तथा कार्य प्रगतिको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

जिल्ला स्थित आइटीका क्षेत्रमा काम गरिरहेको आइटी सोलुशनको प्रतिवेदन हेर्नुहोस् :

तपाईको प्रतिक्रिया