चापाँगाई समाजद्धारा धर्मशालामा जिन्सी सामग्री हस्तान्तरण

चापाँगाई समाजद्धारा धर्मशालामा जिन्सी सामग्री हस्तान्तरण
भोजपुर-चापाँगाई समाज काठमाडौले षडानन्द सीताराम मन्दिर परिसरमा रहेको धर्मशालालाई आवश्यक जिन्सी सामग्री हस्तान्तरण गरेको छ । समाजका पदाधिकारीहरूले षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकाश पौडेललाई सामग्रीको विवरणसहित औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । धर्मशालामा आवश्यक पर्ने बेड, टेबल, दराज लगायत करिब ७ लाख रुपैयाँ बराबरका सामग्री प्रदान गरिएको समाजले जनाएको छ । यस सहयोगले धर्मशालामा बसोबास ...

आगोले क्षणभरमै खरानी बनायो मोरङको मुसहर बस्ती

आगोले क्षणभरमै खरानी बनायो मोरङको मुसहर बस्ती
भोजपुर-मोरङको बूढीगंगा–४ मा भीषण आगलागी हुँदा मुसहर बस्तीका १५ भन्दा बढी घर जलेर खरानी भएका छन् । बुधबार दिउँसो लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आए पनि अधिकांश घर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने पीडित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

भोजपुरको षडानन्द नगर अस्पतालमा प्रसूति सेवा सुरु

भोजपुरको षडानन्द नगर अस्पतालमा प्रसूति सेवा सुरु
भोजपुर — षडानन्द नगरपालिका दिङ्लामा रहेको षडानन्द नगर अस्पतालमा प्रसूति सेवा सुरु भएको छ। अस्पतालमा आइतबारदेखि औपचारिक रूपमा प्रसूति सेवा सञ्चालनमा ल्याइएको हो। नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदास ले प्रसूति कक्षको उद्घाटन गर्दै सेवा सुरु गरेका हुन् । अस्पतालमा प्रसूति सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका गर्भवती महिलाहरूलाई प्रसूति तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा ग...

स्ववियुद्धारा बिरामीलाई आर्थिक सहयोग

स्ववियुद्धारा बिरामीलाई आर्थिक सहयोग
भोजपुर- भोजपुरको रामप्रसाद राई गाउपालिका २ कटुन्जेका नइन्द्र विश्वकर्मालाई भोजपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत विश्वकर्मालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहलमा आज आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो। सभापति तामाङका अनुसार विद्यार्थीहरूबाट संकलित १६ हजार ५ सय २० रुपैयाँ ...

षडानन्द नगरपालिकामा कृषक लक्षित ‘बीउ बैंक’ स्थापना

षडानन्द नगरपालिकामा कृषक लक्षित ‘बीउ बैंक’ स्थापना
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा कृषक लक्षित ‘बीउ बैंक’ स्थापना गरिएको छ । कृषि विकास शाखाको पहलमा स्थापना गरिएको यस बीउ बैंकले स्थानीय तथा रैथाने बालीका बीउ संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । सामुदायिक बीउ बैंक संघ नेपालसँगको सहकार्यमा स्थापना गरिएको बीउ बैंकमा संघीय सरकारको ९ लाख ७५ हजार रुपैयाँ र षडानन्द नगरपालिका कृषि विकास शाखाको १ लाख रुपैयाँ लगानी रहेको छ। बीउ बैंकमा धान, म...

दिङ्लामा पहिलोपटक बजाज कम्पनीका मोटरसाइकल साटासाट अफर

दिङ्लामा पहिलोपटक बजाज कम्पनीका मोटरसाइकल साटासाट अफर
भोजपुर-भोजपुरको दिङ्लामा पहिलोपटक बजार कम्पनीका मोटरसाइकल साटासाट ९एक्सचेन्ज० अफर सञ्चालनमा आएको छ । संकल्प इन्टरप्राइजेज खाँदबारीको आयोजना तथा दाजुभाइ मोटरसाइकल वर्कसपको व्यवस्थापनमा उक्त अफर सञ्चालन गरिएको हो । संकल्प इन्टरप्राइजेजका प्रोपाइटर सन्देश रोहित गुरुङका अनुसार साटासाट अफर पौष ६ गते आइतबारदेखि सुरु भई पौष ११ गतेसम्म सञ्चालन हुनेछ । यस अफरअन्तर्गत बजाज ब्रान्डका सबै प्रकारका मोटरस...

काम गर्न सक्ने नेतृत्व नेपाली कम्युनिष्ट पार्टीमा छः राजेन्द्र राई

काम गर्न सक्ने नेतृत्व नेपाली कम्युनिष्ट पार्टीमा छः राजेन्द्र राई
भोजपुर — नेपाली कम्युनिष्ट पार्टीमा काम गर्न सक्ने र सक्षम नेतृत्व रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र कुमार राईले बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी षडानन्द नगरपालिकाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले अन्य पार्टीको नेतृत्वको तुलनामा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू काम गर्न बढी सक्षम रहेको दाबी गरे । राईले आफू छोटो समयका लागि मुख्यमन्त्री हुँदा साढे ४ अर्ब रुपैयाँभन्दा ब...

सि लिड्स आईकन दोस्रो सिजनको उपाधी प्रमिला राईलाई

सि लिड्स आईकन दोस्रो सिजनको उपाधी प्रमिला राईलाई
भोजपुर, सि लिड्स आईकन दोस्रो सिजनको उपाधी षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले जितेका छन् । राई कल्प ईम्पावर वुमन नेपालद्धारा महिला जनप्रतिनिधिहरुको सुकर्मलाई सञ्चार गर्न अभियानका साथ आयोजित आईकन दोश्रो संस्करणको विजेता बन्न सफल भएका हुन् । सोमबार दोस्रो संस्करणको निर्णायकहरुसंगको अन्र्तवार्ता सकिएसंगै महिला जनप्रतिनिधिहरुको उत्सव तथा अवार्ड वितरण समारोहमा उपाधी विजेता राईलाई नेपालको प्र...

षडानन्द नगरपालिका ४ नं. वडाले सार्वजानिक सुनुवाई सम्पन्न ग¥यो

षडानन्द नगरपालिका ४ नं. वडाले सार्वजानिक सुनुवाई सम्पन्न ग¥यो
भोजपुर– षडानन्द नगरपालिका वडा नं. ४ ले सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । वडाले आज वडा कार्यलयमा सार्वजानिक सुनुवाई सम्पन्न गरेको हो । वडामा राजस्व बाँडफाँड संघ र प्रदेश तर्फको १० लाख ८० हजार र समानिकरण अनुदान तर्फको २५ लाख ५२ हजार ५ सय ४६ रुपैँया बजेट रहेको वडाध्यक्ष राज कुमार तामाङले बताएका हुन् । वडाले हालसम्म राजस्व बाँडफाँड तर्फको ६ लाख ४२ हजार ७ सय ९० रुपैँया ५९.५१ प्रतिशत र समानिकरण अन...

ओडारे सामुदायिक वन उपभोक्ता समितिले आयतित पेय पदार्थ प्रयोग नगर्ने

ओडारे सामुदायिक वन उपभोक्ता समितिले आयतित पेय पदार्थ प्रयोग नगर्ने
भोजपुर– भोजपुरमा रहेको ओडारे सामुदायिक वन उपभोक्त समितिले आयतित पेय पदार्थ प्रयोग नगर्ने भएको छ । समितिको २०८१ माघ ४ गते बसेको आमसभाले उक्त निर्णय गर्दै आयतित पेय पदार्थहरु प्रयोगमा पुर्ण बन्देज लगाएको छ । सामुदायिक वन उपभोक्ता समितिमा ४५ घरदुरी उपभोक्ता रहेको छ ४ गतेको आमभेलाले डिउ, कोक, मिरिन्डा, फेन्टा, वियर, रम साथै सिलप्याक रक्सी जस्ता पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको हो । समुदायम...